बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारी कर्मचारीले समाजवादउन्मुख अर्थतन्त्रका बारेमा बुझ्नुपर्छ : अर्थमन्त्री शर्मा

आइतबार, २८ कात्तिक २०७८, १५ : २०
आइतबार, २८ कात्तिक २०७८

अर्थमन्त्री जनार्दन शर्माले समाजवाद उन्मुख अर्थतन्त्रकाबारे सरकारी कर्मचारीले जान्नैपर्ने बताएका छन् । राजस्व प्रशासन सम्बन्धी अधिकृतस्तरीय सेवाकालीन तालिमको उद्घाटन गर्दै शर्माले समाजवाद उन्मुख अर्थतन्त्रबारे बुझ्नुपर्ने बताएका हुन् । 

‘नेपालको संविधानले समाजवाद उन्मुख अर्थतन्त्र भनेको छ । समाजवादको कुरा गरेको छ । तपाईँहरूले के हो समाजवाद भनेर पढ्नुपर्यो, थाहा पाउनुपर्यो’, मन्त्री शर्माले भने, ‘समाजवाद उन्मुख अर्थतन्त्रको विकास कसरी गर्न सकिन्छ भन्ने कुरा जान्नुपर्छ । कस्तो कर प्रणाली, कस्तो राजस्व नीति, कस्तो उत्पादनले समाजवाद उन्मुख अर्थतन्त्र विकास हुन्छ ?’

समाजवाद उन्मुख अर्थतन्त्रका लागि ‘प्रगतिशील कर प्रणाली’ लागू गर्नुपर्नेमा मन्त्री शर्माले जोड दिए । उनले व्यक्तिको कमाईका आधारमा कर सङ्कलन गर्नुपर्ने बताए । कतिपय धनी र धेरै कमाउने व्यक्तिले थोरै कर तिरेको तर थोरै कमाउनेले धेरै कर तिर्ने गरेको गुनासो सुनिएको भन्दै मन्त्री शर्माले त्यसमा सुधार गर्नुपर्ने आवश्यकता औंल्याए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप