‘सत्यम्’ मा उपासनाको इन्ट्री
फिल्म ‘सत्यम्’ मा अभिनेत्रीको रुपमा उपासना सिंह ठकुरी भित्रिएकी छन् । फिल्मका लागि यस अगाडि छनौट भएकी अभिनेत्री मलिका महतले छाडेपछि निर्माण युनिटले उपासना भित्र्याएको हो । उपासना अभिनेता पल शाहको जोडीको रुपमा फिल्ममा देखिने छिन् । पढाई र सुटिङको समय तालिका नमिलेको भन्दै मलिकाले फिल्म छाडेको निर्माता रेशम सापकोटाले बताए । अभिनेता राजेश हमालको मुख्य भूमिका रहेको फिल्म शंकर कार्कीले निर्देशन गर्न लागेका हुन् । फिल्ममा राजेशको जोडीको रुपमा निलिमा चन्द देखिँदैछिन् ।
अनुप विक्रम शाही र अभय बरालको समेत मुख्य भूमिका रहने फिल्ममा मिलन सिजापति, मोक्तर खान, कैलाश रावल, नेरिस्का स्थापित, प्रिन्स प्रसिद्ध सिंह, प्रविन चापागाईं, अन्विशा खड्की लगायतका कलाकारको अभिनय रहनेछ । फिल्ममा योगेश काजीको संगीत र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । फिल्मको छायांकनका लागि पोखरमा भब्य सेट समेत बनाइएको छ । फिल्मको मनाङ, मुस्ताङ, पोखरा र काठमाडौंमा छायांकन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण