बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

‘सत्यम्’ मा उपासनाको इन्ट्री

सोमबार, २९ कात्तिक २०७८, १० : २९
सोमबार, २९ कात्तिक २०७८

फिल्म ‘सत्यम्’ मा अभिनेत्रीको रुपमा उपासना सिंह ठकुरी भित्रिएकी छन् । फिल्मका लागि यस अगाडि छनौट भएकी अभिनेत्री मलिका महतले छाडेपछि निर्माण युनिटले उपासना भित्र्याएको हो । उपासना अभिनेता पल शाहको जोडीको रुपमा फिल्ममा देखिने छिन् । पढाई र सुटिङको समय तालिका नमिलेको भन्दै मलिकाले फिल्म छाडेको निर्माता रेशम सापकोटाले बताए । अभिनेता राजेश हमालको मुख्य भूमिका रहेको फिल्म शंकर कार्कीले निर्देशन गर्न लागेका हुन् । फिल्ममा राजेशको जोडीको रुपमा निलिमा चन्द देखिँदैछिन् ।

अनुप विक्रम शाही र अभय बरालको समेत मुख्य भूमिका रहने फिल्ममा मिलन सिजापति, मोक्तर खान, कैलाश रावल, नेरिस्का स्थापित, प्रिन्स प्रसिद्ध सिंह, प्रविन चापागाईं, अन्विशा खड्की लगायतका कलाकारको अभिनय रहनेछ । फिल्ममा योगेश काजीको संगीत र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । फिल्मको छायांकनका लागि पोखरमा भब्य सेट समेत बनाइएको छ । फिल्मको मनाङ, मुस्ताङ, पोखरा र काठमाडौंमा छायांकन हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप