सातामा ८० अंकले बढ्यो नेप्से
यो सातामा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८० अंकले बढेर बन्द भएको छ । साताका पाँच दिन नै कारोबार हुँदा परिसूचक दुई दिन गिरावट र तीन दिन उकालो लागेको थियो । आइतबार र बिहीबार घटेको नेप्से सोमबार, मंगलबार र बुधबार भने उच्च अंकले बढेको थियो ।
साताको पहिलो कारोबार दिन आइतबार परिसूचक १ अंकले घटेको थियो । त्यसपछि सोमबार २६ अंक, मंगलबार ६९ अंक र बुधबार १६ अंकले बजार बढेको थियो । लगातार तेस्रो दिनको वृद्धिसँगै परिसूचक २७ सय अंकबाट बढेर २८ सय १ अंकमा पुगेको थियो । यद्यपि, बिहीबार ३२ अंकले घटेसँगै परिसूचक फेरि २७ सय ६९ अंकमा छ ।
गत साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २६ सय ९० अंकमा थियो । जुन, यो सातामा निरन्तर उकालो लाग्दै २७ सय ७० अंक नजिक पुगेको हो । यस्तै, यो नेप्से परिसूचकसँगै साता कारोबार रकम पनि उकालो लागेको छ ।
साताभरमा नेप्सेमा करिब २८ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेमा आइतबार ४ अर्ब ९ करोड, सोमबार ४ अर्ब ७३ करोड, मंगलबार ५ अर्ब ५२ करोड, बुधबार ७ अर्ब ३७ करोड र विहीबार ६ अर्ब २७ करोड रुपैयाँको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण