यो साता सुनको मूल्य स्थिर
शनिबार, ०४ मङ्सिर २०७८, १५ : ०६
यो साता नेपाली स्थानीय बजारमा सुनको मूल्य स्थिर कायम भएको छ । गत साता शुक्रबार प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य यो साताको शुक्रबार पनि त्यति नै मूल्य कायम भएको हो ।
यद्यपि, अघिल्लो साताको शुक्रबारको तुलनामा चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले घटेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार चाँदीको मूल्य तोलामा १२ सय ९५ रुपैयाँ थियो । जुन, यो साता २० रुपैयाँले घटेर १२ सय ७५ रुपैयाँमा आइपुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
सातामा आइतबार, मंगलबार र बिहीबार सुनको मूल्य बढेको थियो भने सोमबार, बुधबार र शुक्रबार मूल्य घटेको महासंघले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण