‘गाउँ आएको बाटो’ मार्फत फर्किए नविन
नविन सुब्बा फिल्म निर्देशनमा फर्किएका छन् । करिव दश बर्ष अगाडि ‘गुड बाई काठमाडौं’ निर्देशन गरेका सुब्बा ‘गाउँ आएको बाटो’ फिल्म मार्फत निर्देशनमा फर्किन लागेका हुन् । मंगलबार राजधानीमा एक कार्यक्रमका बीच फिल्म निर्माण घोषणा गरिएको हो । धेरैपछि निर्देशकमा फर्किन पाउँदा खुसी लागेको सुब्बाले बताए ।
फिल्म ‘गाउँ आएको बाटो’ भोजपुरको ग्रामिण क्षेत्रमा छायांकन हुनेछ । राई समुदायको कथामा निर्माण हुन लागेको फिल्ममा दयाहाङ राई, पशुपति राई, खानुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बा लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।
फिल्म खिच्न निर्देशक सुब्बाले अमेरिकाबाट मार्किन कापरोन छायाँकार झिकाएका छन् । आफ्नो सोच नमिल्ने र खर्चको हिसाबले पनि धान्न नसक्ने भएकाले अमेरिकाबाट छायाँकार झिकेको सुब्बाको भनाइछ । फिल्मको कार्यकारी निर्मातामा नेपालबाट सञ्जु राई, हङकङबाट देवराज राई, यूकेबाट नरहाङ राई र अमेरिकाबाट भीम राई रहेका छन् ।
हङकङ, मकाउ, नेपाल, यूके, अमेरिका, बेल्जियम, साउथ कोरिया, नेदरल्यान्ड, पोर्चुगल र जर्मनी निवासी व्यक्तिहरु फिल्मको सह–निर्मातामा रहेका छन् । कार्यक्रममा निर्देशक सुब्बाले फिल्म राम्रो बनाउन प्रयास गर्ने बताए । अभिनेता दयाहाङ राईले नविन सुब्बासँग काम गर्नु आफ्ना लागि अवसर र चुनौती दुवै रहेको बताए । सुब्बाको टेलिफिल्म ‘दलन’ मा काम गरेका दयाहाङले फेरि काम गर्ने अवसर मिल्दा खुसी लागेको सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदिभारा-टाक्से-रुम सडक ६ वर्षपछि सञ्चालन
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
-
मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण