१५ मंसिरबाट गोलाप्रथा लागू गर्ने सर्वोच्च अदालतको तयारी
बुधबार, ०८ मङ्सिर २०७८, २० : ०२
सर्वोच्च अदालतले यही १५ मंसिरबाट गोलाप्रथाबाट मुद्दाको पेसी तोक्ने तयारी थालेको छ । यसका लागि बिहीबार फुलकोर्टको बैठक बोलाइएको छ । गोलाप्रथासम्बन्धी नियमावली सोमबार राजपत्रमा प्रकाशित भएकाले अब बिहीबार बस्ने फुलकोर्ट बैठकले १५ मंसिरबाट लागू गर्ने निर्णय गर्ने तयारी गरेको हो ।
गोलाप्रथाबाट पेसी तोक्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा राजी भएपछि १९ जना न्यायाधीश इजलासमा फर्किएका थिए । नेपाल बार एसोसिएसनको जबराको राजीनामा माग्दै भएको आन्दोलनमा ऐक्यबद्धता जनाएर न्यायाधीशहरूले इजलास बहिस्कार गरेका थिए । तर, गोलाप्रथा लागू गर्ने भएपछि न्यायाधीश इजलास फर्किए पनि बार भने आन्दोलनमै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण