फिल्म ‘कठपुतली’ पुसमै रिलिज हुने
शुक्रबार, १० मङ्सिर २०७८, ११ : ००
हरर फिल्म ‘कठपुतली’ आगामी १५ पुस (डिसेम्बर ३०) मा रिलिज हुने भएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर फिल्म रिलिज गर्न लागेको निर्देशक भीमसेन लामाले जानकारी दिए । ‘कठपुतली’ नेपालमा बनेका अन्य हरर फिल्मभन्दा भिन्न रहेको निर्देशक लामाको दाबी रहेको छ ।
सम्पदा मल्लको लेखन रहेको फिल्मले हालै अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’ मा दुईवटा अवार्ड जित्न सफल भएको थियो । गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा मास्के, उषा रजक, सुवर्ण थापा लगायतको अभिनय रहेको फिल्मका पृथ्वी राना मगर निर्माता हुन् ।
सम्पदा मल्ल कार्यकारी निर्माता, सह–निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा रहेको फिल्मको पोस्ट प्रोडक्सनको सम्पूर्ण काम लण्डनमा भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सांसदले लालपुर्जा लिएर आउँछु भनेपछि मेयरको प्रश्न, ‘कुन कानुन टेकेर २० हजारलाई लालपुर्जा दिनुहुन्छ ?’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
सडकमा ठोक्किएर ट्रकमा आगलागी हुँदा चालकको मृत्यु
-
अङ्ग्रेज फौज पराजित भएको ऐतिहासिक स्थलमा भारतीय पत्रकारको भ्रमण
-
झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण