स्वरोजगारका लागि गाडी किन्न सरकारले २५ लाख दिने, अन्य के–के छन् सुविधा ?
सरकारले कोभिड–१९ का कारण रोजगार गुमाएका, अति प्रभावित होटल,पर्यटन तथा विभिन्न पेसा व्यवसायमा आवद्ध व्यवसायीहरुलाई २५ लाखसम्म सहुलियतपूर्ण कर्जा दिने भएको छ । यस्तो कर्जा विपन्न वर्ग कर्जामा गणना हुने गरि स्वरोजगार सवारी साधन खरिदका लागि समेत अधिकतम २५ लाख रुपैयाँसम्म दिने राष्ट्र बैंकले जनाएको छ ।
शुक्रबार चालू आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गरेका बैंकले ऋणी स्वयम् रोजगार हुने उद्देश्यले सवारी साधन खरिद गर्न चाहेमा २५ लाखसम्मको व्यवस्था गर्ने र त्यस्तो कर्जालाई विपन्न वर्ग कर्जामा गणना गर्न सक्ने व्यवस्था मिलाइएको बताएको छ ।
यस्तै, कोभिड–१९ को कारण पर्यटन क्षेत्रमा रोजगारी गुमाएका व्यक्ति स्वरोजगार हुनेगरी व्यवसाय सञ्चालन गर्न प्रवाह हुने १५ लाखसम्मको कर्जा, महिला उद्यमीद्वारा लघु उद्यम तथा स्वरोजगारमूलक व्यवसाय सञ्चालन गर्न परियोजनाको धितोमा प्रवाह हुने रु.२० लाखसम्मको कर्जा, वास्तविक कृषि व्यवसायीलाई रु.२० लाखसम्म कृषि व्यवसाय सञ्चालन गर्न परियोजनाको धितोमा प्रवाह हुने कर्जा आदिलाई समेत विपन्न वर्ग कर्जामा गणना हुने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण