१२ महिनापछि एमालेले सरकारको नेतृत्व गर्ने ज्ञवालीको दाबी
शुक्रबार, १० मङ्सिर २०७८, १६ : १४
नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले १२ महिनापछि नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । नेकपा एमालेको १० औं महाधिवेशनको उद्घाटन सत्रमा सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले झन्डोत्तोलन गर्ने क्रममा उद्घोषकको भूमिका निर्वाह गर्दै ज्ञवालीले यस्तो बताएका हुन् ।
ओलीले झन्डोत्तोलन गरेका झण्डातर्फ औंल्याउँदै ज्ञवालीले जसरी एमालेको झण्डा र यसको चुनाव चिह्न अंकित झण्डा माथि पुगेर फहराइरहेको छ, त्यसरी नै अबको १२ वर्षपछि एमालेले देशको नेतृत्व गर्ने दाबी गरे ।
उनले एउटा तप्काले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विम्ब बनाएर आलोचना गर्दै आएको टिप्पणी गर्दै जतिजति ओलीको आलोचना गरिन्छ, त्यति त्यति ओलीकै लोकप्रियता बढ्दै गएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण