सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

भीम रावलले माग्न थाले भोट

शनिबार, ११ मङ्सिर २०७८, १५ : १२
शनिबार, ११ मङ्सिर २०७८

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले महाधिवेशनस्थलमा प्रतिनिधिहरूसँग आफ्नो पक्षमा भोट माग्न थालेका छन् । उनले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी कायम रहेको र मत दिन आग्रह गर्नै मत माग्न थालेका हुन् । 

उपाध्यक्ष रावलले मत मागेपछि प्रदेश १ की सांसद समेत रहेकी नेत्री उषाकला राईले भनिन्, ‘कमरेड उम्मेदवारी फिर्ता लिनुपर्यो ।’ जवाफमा उनले आफ्नो उम्मेदवारी फिर्ता नहुने बताए ।

उनले भने, ‘बरु सहमति गर्ने भए मेरै नाममा गरौं ।’ उनले ओलीसँग आफ्नो अहिलेसम्म कुनै छलफल नभएको र उम्मेदवारी दिने बताए । सौराहामा आज एमालेको दशौं महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप