आन्तरिक लोकतन्त्रको चिरहरण भयो : घनश्याम भुसाल
नेकपा एमालेका नेता घनश्याम भुसालले नेकपा एमालेमा आन्तरिक लोकतन्त्रको चिरहरण भएको टिप्पणी गरेका छन् । चितवनको सौराहामा जारी १० औं महाधिवेशनको बन्दसत्र हलले १९ पदाधिकारीसहित ३०१ केन्द्रीय सदस्य प्रस्ताव गर्ने जिम्मा अध्यक्ष ओलीलाई दिएलगत्तै भुसालले सो प्रतिक्रिया दिएका हुन् । उक्त निर्णयले आफ्नो उम्मेदवारीमा कुनै फरक नपर्ने पनि भुसालले जिकिर गरे । 'मेरो उम्मेदवारी उपाध्यक्षमा हो । मलाई उपाध्यक्ष बनाएर ल्याए भने एउटा कुरा हो । नत्र मेरो उम्मेदवारी दिने कुरामा आजको प्रस्तावले कुनै असर गर्दैन,' भुसालले रातोपाटीसँग भने ।
एमाले नेता सुरेन्द्र पाण्डेले यस विषयमा अहिले नै प्रतिक्रिया नदिने बताए । उता, अष्टलक्ष्मी शाक्यले भने अध्यक्ष ओलीलाई जिम्मेवारी दिने प्रस्ताव मात्र भएको अन्तिम निर्णय भने भइनसकेको जिकिर गरिन् । बन्दसत्र आइतबार बिहान १० बजे पुनः सुरु हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण