सुनको भाउ २०० रुपैयाँ बढ्दा चाँदीको घट्यो
आइतबार, १२ मङ्सिर २०७८, १२ : ०९
आइतबार नेपाली बजारमा सुनको भाउ २०० रुपैयाँले बृद्धि भएको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको आइतबार २०० रुपैयाँले बढ्दै ९२ हजार १०० रुपैयाँ पुगेको हो ।
यस्तै, गत शुक्रबारको तुलनामा तेजाबी सुनको मूल्य समेत आईतबार २०० रुपैयाँले नै बढ्दै ९१ हजार ६०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता आज चाँदीको मूल्य भने घटेको महासंघले जनाएको छ । गत शुक्रबार प्रतितोला एक हजार २२५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार तोलामा १५ रुपैयाँले घट्दै एक हजार २१० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण