राप्रपालाई शुभकामना दिँदै देउवाले भने– धेरै दल हुनुभन्दा कम दल हुनु राम्रो हो

प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले दलहरुबीच एकता हुनु राम्रो भएको बताएका छन् । बुधबार काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गर्दै देउवाले धेरै दल हुनुभन्दा कम दल हुनु राम्रा भएको बताए ।
‘राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन छ । तीन वटा पार्टी मिलेर एकता महाधिवेशन हुँदैछ,’ देउवाले भने, ‘पशुपतिशमशेर राणाजीले अध्यक्षता गर्नु भएको पार्टी, कमल थापाजीले अध्यक्षता गर्नुभएको पार्टी र प्रकाशचन्द्र लोहनीजीले अध्यक्ष गरेका पार्टी एक भएर महाधिवेशन गर्नुभएको छ । धेरै दल हुनुभन्दा कम दल हुन राम्रो हो ।’
राणा, थापा र लोहनीले एकतामा महाधिवेशन गरेर महत्वपूर्ण कदम चालेको देउवाको भनाइ छ । ‘तपाईंहरुले महत्वपूर्ण स्टेप चाल्नु भएको । पार्टी मिल्नु राम्रो हो । जति पार्टी एक हुन्छन् त्यतिनै लोकतन्त्र बलियो हुन्छ,’ देउवाले भने ।
राप्रपालाई एकता महाधिवेशन सफलताको शुभकामना दिँदै आफ्नो पार्टीको महाधिवेशन पनि हुन लागेको बताए । ‘तपाईंहरुलाई एकता महाधिवेशनको शुभकामना छ , सफलता पूर्वक सम्पन्न होस् । अहिले सबै पार्टीमा महाधिवेशन भइरहेको छ । मेरो पार्टीको पनि महाधिवेशन हुँदैछ ।’ काँग्रेसले यही मंसिर २४ गतेदेखि महाधिवेशन गर्दैछ ।
यस्तै देउवाले राप्रपासँग पार्टीगत विचार फरक भएपनि राष्ट्रियता र लोकतन्त्रमा सबैको एक मत रहेको बताए । ‘हाम्रो पार्टीगत विचारहरु फरक फरक छन् । तर राष्ट्रियता र लोकतन्त्रमा हामी सबैको एउटै मत छ,’ देउवाले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
प्राधिकरणको श्वेतपत्र : कहाँ मिलेन हितेन्द्र र कुलमानको हिसाब ?
-
राष्ट्रियसभा बैठक प्रतिवेदन र विधेयक स्वीकृत गरेर सोमबारसम्म स्थगित
-
एनआरएनए विवाद रोचक मोडमा : सत्ता पक्षबाटै दुई अध्यक्ष !
-
सङ्घीयदेखि नगरअस्पताललाई मन्त्रालयले भन्यो - स्वदेशी कपडा प्रयोग गर्नु
-
थाइल्यान्डका असादालाई हराउँदै नेपालका मिलन च्याम्पियन