वैज्ञानिक भन्छन् : रोबटले यसरी बच्चा जन्माउन सक्छ
वैज्ञानिकहरुले पहिलो जीवित रोबटले बच्चा जन्माउन सक्ने बताएका छन् । अमेरिकी वैज्ञानिकहरुले नै सृजना गरेको पहिलो जीवित रोबट सेनोबोट्सले बच्चा उत्पादन गर्न सक्ने उनीहरुले दाबी गरेका हुन् । तर, रोबटको उत्पादन बोटबिरुवा र अन्य जनाबरहरुमा भन्दा फरक हुने उनीहरुको भनाई छ । हालै गरिएको एक अध्ययनमा उनीहरुले यस्तो निष्कर्ष निकालेका हुन् ।
अफ्रिकाको एउटा भ्यागुतो सेनोपोस लेभिसबाट सृजना गरिएका सेनोबोट्स एक मिलिमिटरभन्दा पनि न्यून फराकिला छन् । प्रयोगशालामा उनीहरु हिँडडुल गर्न र समूहमा काम गर्न सक्ने भएपछि ससाना बल्बहरुलाई सन् २०२० मा सार्वजनिक गरिएको थियो । युनिभर्सिटी अफ भर्माउन्ट, टफ्टस युनिभर्सिटी र हावार्ड युनिभर्सिटीको वायस इन्स्टिच्युट फर बायोलोजिकल्लीका इन्जिनियरहरूले विरुवा वा जनाबरहरुमा भन्दा विल्कुलै फरक तरिकाको प्रजनन विकास गरेको दाबी गरेका छन् ।
‘आविष्कारबाट हामी अचम्म परेका छौं’ टफ्टस युनिभर्सिटीका प्राध्यापक तथा निर्देशक मिसेल लेभिन भन्छन् ।
‘भ्यागुताहरुले सामान्य तरिकाले नै बच्चा जन्माउँछन् । तर, उनीहरुको बाँकी भ्रूणबाट कोषहरुलाई हटाइदिने तथा नयाँ वातावरणमा छोडिदिने हो भने उनीहरु नयाँ ढंगले हिँडडुल गर्ने मात्र होइन, नयँ तरिकाले प्रजनन् समेत गर्छन् ।’ उनी भन्छन् ।
रोबोट कि जीव ?
स्टिम सेल अनिश्चत कोष हुन् जसको विभिन्न प्रकारको कोषमा विकसित हुने क्षमता रहन्छ । सेनोबोट्स बनाउन अनुसन्धानकर्ताहरुले भ्यागुतोको भ्रुणको जीवित स्टिम कोषलाई नष्ट गरेर अन्डा निश्काशनका लागि छोडिदिएका थिए । जीनलाई कुनै परिवर्तन गरिएको थिएन् ।
‘अधिकांशले यो सोच्छन् कि रोबट धातु र माटोबाट बनेका हुन् । रोबट केबाट बन्छ भन्ने विषय गौण हो । बरु यसले के गर्छ भन्ने महत्त्वपूर्ण विषय हो । प्राध्यापक तथा युनिभर्सिटी अफ भर्मन्टका विज्ञ जोश बोनगार्ड भन्छन् बाहिरी रुपमा यो रोबट नै हो तर वास्तविक रुपमा भन्नुपर्दा भ्यागुतोको कोषाबाट वंशानुगत रुपमा बनाइएको जीव हो ।
करिव तीन हजार कोषबाट बनाइएका सुरुमा गोलाकार देखिएका सेनोबोट्स नक्कल गर्न सकिने बोनगार्ड बताउँछन् । तर, यो दुर्लभ र विशेष परिस्थितमा मात्र हुने उनको भनाई छ ।
सेनोबोट्सलाई अझै प्रभावकारी बनाउन कृत्रिम बौद्धिकताको सहयोगमा अनुसन्धानकर्ताहरुले अर्बै शरीरका आकारलाई परीक्षण गरेका थिए । परीक्षाण गर्न सुपरकम्प्युटरलाई सी अाकारमा ल्याइएको थियो । त्यो अाकार सन् १९८० को भिडियो गेम प्याक मेनसँग मिल्दथ्यो ।
यो अध्ययन वैज्ञानिक जर्नल पीएनएएसमा प्रकाशित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण