भारतमा ‘ओमीक्रोन’का संक्रमित भेटिएपछि वीरगञ्ज नाकामा उच्च सतर्कता
शुक्रबार, १७ मङ्सिर २०७८, ०८ : ०२
भारतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमीक्रोन’का सङ्क्रमित भेटिएसँगै नेपालको सीमावर्ती जिल्ला पर्साको वीरगञ्ज नाकामा उच्च सतर्कता बढाइएको छ ।
भारतमा ओमिक्रोनका सङ्क्रमित भेटिएसँगै पुनः जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमार्फत आवश्यक सजगता अपनाउने गरी तयारी अघि बढाइएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।
नयाँ भेरियन्ट नेपाल भित्रिने सम्भावनालाई मध्यनगर गरी केन्द्रको बैठकमार्फत थप सजगता अपनाउन सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेललाई आगामी आवश्यक निर्णय लिनका लागि ‘एक्सन प्लान’ बनाउने जिम्मा दिइएको प्रजिअ ढकालले जानकारी दिए ।
पर्सामा भारतबाट खुलारूपमा आवतजावत हुने भएका कारण जिल्लामा नयाँ भेरियन्टको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन सक्रियरूपमा काम गर्ने गरी योजना अघि बढाएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण