फ्राइडे रिलिज : एक नेपालीसहित तीन फिल्म
आज शुक्रबारबाट नेपाली ‘ओभरडोज’ सहित एक हिन्दी र एक अङ्ग्रेजी गरेर तीन फिल्म प्रदर्शनमा आएको छ । प्रदर्शनमा आएका तीन फिल्म मध्ये ‘तडप’ हिन्दी र ‘इनकान्टो’ अङ्ग्रेजी रहेको छ ।
यी तीनमध्ये हिन्दी फिल्म ‘तडप’लाई भने देशभरका हलले उच्च शो दिएको छ । हिन्दीलाई उच्च शो, केही हलमा अङ्ग्रेजी फिल्म लागेको कारण नेपाली फिल्म ओभरडोज भने मारमा परेको छ । ओभरडोजलाई क्यूएफएक्स चेन, बिग मुभिज जस्ता हलले शो दिएको छैन ।

‘ओभरडोज’ अमेरिकामा बस्ने दुई नेपाली युवाको कथामा बनेको फिल्म हो । सुमन पौडेलको कथा तथा निर्देशन फिल्ममा छ । फिल्ममा प्रनिशराज पन्त, सविनजंग थापा, विना श्रेष्ठ, सदिक्षा कार्की लगायतका कलाकारको अभिनय छ ।
यस्तै ‘तडप’ अहान सेट्टी र तारा सुतरियाको मुख्य भूमिका रहेको फिल्म हो । रोमान्स र बदलाको कथामा बनेको यो फिल्म नाडियाडवाला ग्रान्डसन प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । ‘इनकान्टो’ थ्रीडी चलचित्र हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण