एभरेष्ट बैंक र आइएसओएनबीच सम्झौता, विदेशमा उपचार गर्दा छुट पाइने
एभरेष्ट बैंक लिमिटेडले ग्राहकलाई स्वास्थ्योपचारमा छुट दिन आइएसओएन हेल्थकेयरसँग सम्झौता गरेको छ । ग्राहक र कार्ड होल्डरहरूले आइएसओएन हेल्थकेयरमार्फत भारत, थाइल्याण्ड, सिंगापुर, मलेसिया, दुबई र टर्कीसहित अन्य देशमा स्वास्थ्योपचार गराउँदा सात प्रतिशतसम्म छुट पाउने एभरेष्ट बैंकले दाबी गरेको छ ।
सम्झौतापत्रमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र आइएसओएनका अध्यक्ष विवेक गुप्ताले हस्ताक्षर गरेका हुन् । आइएसओएनका अध्यक्ष गुप्ताले यस सम्झौताबाट बैंकका ग्राहकहरूले आइएसओएनका माध्यमबाट विभिन्न देशमा लिने स्वास्थ्य सेवामा विशेष छुट लिएर लाभान्वित हुनसक्ने बताए ।
उनले विश्वका आइएसओएनका एक हजारभन्दा बढी अस्पताल र २५ सयभन्दा बढी डाक्टरहरूसँग सहकार्य रहेको जानकारी दिए । करिब १२ लाख ग्राहक रहेको एभरेष्ट बैंकले देशभर १०५ वटा शाखा, प्रादेशिक कार्यालय, १३८ एटिएम खोलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण