दुई लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने तयारी
भारत सरकारले नेपाललाई करिब दुई लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने तयारी गरेको छ । दुई देशका सरकार सरकारबीच सम्झौता गरेर मल खरिद गर्ने विषयमा कृषि तथा पशुपन्छी मन्त्रालयको आग्रहमा परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई पत्राचार भएको मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले जानकारी दिए ।
उनका अनुसार सरकार जिटुजीमार्फत आगामी पाँच वर्षका लागि वार्षिक डेढ लाखदेखि दुई लाख मेट्रिक टनसम्म रासायनिक मल खरिदका खोजिरहेको छ । उनले भने, नेपाल सरकारले भारत सरकारलाई पठाएको पत्र स्वीकृतिको क्रममा रहेको बताउँदै प्रवक्ता सञ्जेलले पत्र स्वीकृत भएपछि दुई देशबीच छिट्टै हस्ताक्षर हुनेछ । बर्सेनि हुने मलको हाहाकार रोक्नका लागि मन्त्रालयले अन्य देशसँग मल खरिद गर्ने पहल थालेको छ । बङ्गलादेश, चीन, ओमन, मोराकोलगायतका देशसँग सम्झौता गरेर मल ल्याउने पहल थालिएको मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयमार्फत ती देशलाई पत्रचार गरिएको छ तर हालसम्म जवाफ आइसकेको छैन । गत भदौमा कृषि मन्त्रालयका तत्कालीन सचिव डा. कृष्णप्रसाद आचार्य नेतृत्वको एक टोली भारतको दिल्ली गएर जीटुजीमार्फत मल ल्याउने विषय टुङ्गो लगाएर आएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण