दुई पार्टीसँग एकीकरण घोषणा गर्दै विवेकशील साझा
विवेकशील साझा पार्टीले सिटिजन्स डिस्कशन फोरम र राष्ट्रिय जनता दरबार पार्टीसँग औपचारिकरुपमा शनिबार एकीकरण घोषणा गर्दै छ । एकीकरण गर्ने निर्णय गत कात्तिक २८ गते नै भएको थियो । उक्त एकीकरणलाई शनिवार सभा मार्फत घोषणा गर्ने पार्टीका प्रवक्ता शरदराज पाठकले जानकारी दिए ।
कल्याणकारी लोकतन्त्रलाई मुख्य राजनीतिक दर्शन बनाएको पार्टीले हालै मात्र अध्यक्ष रवीन्द्र मिश्रले अघि सारेको ‘विचार भन्दा माथि देश’ नामक राजनीतिक दस्ताबेजलाई पारित गरेको छ । विचारभन्दा माथि देश दस्ताबेज सार्वजनिक भएसँगै पार्टीले विचार मिल्ने विभिन्न राजनीतिक दल तथा समूहसँग एकीकरण र ध्रुवीकरण सुरु गरेको छ ।
शनिवार आयोजना गर्न लागिएको एकता सभामा पार्टीका अध्यक्ष मिश्रका साथै पार्टीका नेता किशोर थापा, तत्कालीन सिटिजन्स डिस्कशन फोरमका संयोजक कर्णबहादुर शाही, राष्ट्रिय जनता दरबार पार्टीका अध्यक्ष एसपी साह सारथी लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको सो पार्टीले जनाएको छ । एकीकृत पार्टीको नाम विवेकशील साझा नै रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व उच्च रक्तचाप दिवसको अवसरमा जनचेतनाका लागि नोवेलको प्रभातफेरी
-
‘दर्शन सलाम’का साहिमा र डेबिट उत्कृष्ट
-
अभ्यास खेलमा भोलक्यानोजसँग नेपाल ६७ रनले पराजित
-
नदीजन्य पदार्थको ठेक्का अधिकार स्थानीय तहबाट खोसेर वन कार्यालयलाई दिने तयारी
-
दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान
-
फेवातालको मापदण्ड घटाउन जग्गाधनीले दिए सर्वोच्चमा रिट