यो साता सुनको मूल्य ६०० रुपैयाँले घट्यो
यो साता सुनचाँदीको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्ममा सुन र चाँदीको मूल्य घटेको जानकारी दिएको हो ।
गत साताको शुक्रबार प्रतितोला ९१ हजार ९०० रुपैयाँ कायम रहेको छापावाल सुनको मूल्य यो साताको शुक्रबार ९१ हजार ३०० रुपैयाँ तोकिएको थियो । जुन, प्रतितोला ६०० रुपैयाँको गिरावट हो । यसैगरी, गत साताको शुक्रबार प्रतितोला ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य यो साताको शुक्रबार ९० हजार ८०० रुपैयाँमा आइपुगेको छ ।
साताको पहिलो कारोबार दिन आइतबार मूल्य बढेर कारोबार खुलेपनि त्यस पछाडिका दिनमा निरन्तर मूल्य घटिरह्यो । आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार १०० रुपैयाँ पुगेको थियो ।
यसैगरी, गत साताको शुक्रबार प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भएको सुनको मूल्य पनि यो साता घटेको छ । हिजो शुक्रबार चाँदीको मूल्य प्रतितोला ११ सय ९० रुपैयाँमा कारोबार भएको थियो । यो, साताभर चाँदीको मूल्यमा आएको ३५ रुपैयाँको गिरावट हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा बुझाउँदै
-
‘ठुलो मेहनतपछि कार्गो रेल आयो, यसलाई निरन्तरता दिनुपर्छ’
-
कार्गो रेलको व्यावसायिक सुरुवात र निरन्तरताको चुनौती
-
इरान सङ्कट समाधानका लागि अमेरिका अझै वार्तामा तयार: रुबियो
-
टोकियोले पुरुषहरूलाई कार्यालयमा हाफपाइन्ट्स लगाउन प्रोत्साहित गर्यो, समकक्षी महिला दिक्क
-
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण