होण्डाले गर्यो एम्एम्सी एमेज २०२१ सार्वजनिक
प्रसिद्ध अटोमोबाइल ब्राण्ड होण्डाले नेपाली बजारमा एम्एम्सी एमेज २०२१ लाई उतारेको छ । नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले हालैमात्र उक्त नविन मोडल सार्वजनिक गरेको हो ।
नयाँ मोडल एम्एम्सी एमेज २०२१ निकै लाइस्टाईल, पर्फमेन्स र सुरक्षित फिचर्सले भरिपूर्ण रहेको कम्पनीले दाबी गरेको छ ।
एमेज २०२१ मा रहेको एड्भान्स एलईडी प्रोजेक्टर हेडल्याम्प र त्यसैमा एकीकृत रहेको एलईडी डिआरएलएसका साथै नयाँ एड्भान्स फ्रन्ट फग ल्याम्पले सबैको ध्यान आकर्षण गर्ने कम्पनीले बताएको छ ।
यस कारको अर्को प्रमुख विशेषता भनेको यसमा भएको डायमण्ड कट् टू टोन मल्टी स्पोक आर–१५ एलोए व्हीलस् रहेको र त्यसै गरी गाडीमा उपलब्ध गराइएको गाइडलाइन सहितको रियर मल्टीभियू क्यामेरा, एनसीएपी ४ स्टार सेफ्टी रेटिङ्ग समेतले गाडीलाई दमदार बनाएको कम्पनीको भनाई छ ।
यसका साथै कारमा पहिलो पटक कम्पनीले क्लासमा पेट्रोल र डिजल दुवै भेरियन्टमा ७ स्पिड सिभिटी गियरबक्स् उपलब्ध गराइएको कम्पनीले बताएको छ । नयाँ अमेज एस म्यानुयलको मूल्य ४० लाख २३ हजार र सिभिटीको मूल्य ४५ लाख २ हजार रुपैयाँ रहेको छ ।
त्यसैगरी अर्को भेरियन्ट भिएक्स म्यानुयलको मूल्य ४५ लाख ८७ हजार भिएक्स र सिभिटीको ५० लाख २९ हजार रुपैयाँ कायम गरेर कम्पनीले विक्री वितरण सुरु गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण