केपी ओलीलाई भीम रावलको जवाफ : संसद अवरुद्ध गर्ने भन्नुको औचित्य छैन
नेकपा (एमाले) नेता भीम रावलले संसद् बैठक अवरुद्ध गर्ने भन्नुको औचित्य नरहेको बताएका छन् । अध्यक्ष केपी शर्मा ओलीले शनिबारमात्रै आगामी २८ गतेबाट बस्न लागेको संसद बैठक अवरुद्ध गर्ने संकेत गरेका थिए । त्यसको जवाफ दिदै नेता रावलले आइतबार सामाजिक सञ्जाल ट्विटरमार्फत अवरोध नै गर्ने भए सरकारले ल्याउने विधेयक र प्रस्ताव रोक्न सक्नुपर्ने नभए संसद् बैठक अवरोधको अर्थ नहुने टिप्पणी गरेका हुन् ।
‘संसद् देश र जनताको पक्षमा वहस गर्ने र आवाज उठाउने थलो हो । सरकारका सबै कामकारबाही हुन दिई संसद् अवरुद्ध गरेको भन्नुको औचित्य छैन’ नेता रावलले भनेका छन्, ‘कि सरकारले ल्याउने विधेयक र प्रस्ताव रोक्न सक्नुपर्यो नभए त्यसबारे जनताको आवाज उठाउन पाउनुपर्यो । अन्यथा म कुटे जस्तो गर्छु तँ रोए जस्तो गर भने झैँ ठहर्छ ।’
नेकपा एमालेले आफुले कारवाही गरेका माधव नेपाल लगायतलाई निर्वाचन आयोगले पार्टी खोल्न मान्यता दिएको भन्दै लगातार संसद अवरुद्ध गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण