कोकाकोला ‘नेपाल आइडल सिजन ४’ को मुख्य प्रायोजक
पेय पदार्थ कोकाकोलाले अन्तर–राष्ट्रिय सांगितिक रियालिटी शो ‘नेपाल आइडल सिजन ४’ मा मुख्य प्रायोजन गरेको छ । कोकाकोला र नेपाल आइडलबीच यो दोस्रो वार्षिक सहकार्य हो । कोकाकोला ‘नेपाल आइडल सिजन ३’ को पनि मुख्य प्रायोजक थियो ।
हस्ताक्षर कार्यक्रममा बोल्दै बोटलर्स नेपालका कन्ट्री फाइनान्स म्यानेजर राजीव टन्डन ले कोकाकोलाले आइकोनिक ग्लोबल रियालिटी शो पप आइडलको नेपाली फ्रेञ्चाइज नेपाल आइडलसँग दोश्रो वार्षिक सहकार्य गरेको जानकारी दिए । प्रतिभावान् प्रतिस्पर्धीहरूको सहभागिताले कार्यक्रम अझ रोमाञ्चक र उत्साहपूर्ण हुँदै गइरहेको र कोकाकोला जहिले पनि संगीतसँग जोडिँदै आइरहेको उनको भनाइ छ ।
नेपाल आइडलका प्रोजेक्ट हेड र डिरेक्टर सुरेश पौडेलले नेपाल आइडलको सिजन ४ मा पनि कोकाकोलासँग सहकार्य गर्न पाउँदा हर्षित भएको बताए । यसपटक अझ दमदार प्रतिस्पर्धीहरूको सहभागितासँगै नयाँँ विजेताका लागि निकै आतुर रहेको उनले जानकारी दिए ।
नेपाल मङ्सिर २२ बाट एपीवान टेलिभिजनमा प्रसारण हुँदैछ । यो कार्यक्रम पप आइडलको नेपाली फ्रेञ्चाइज हो । यसले गायक बन्न चाहने प्रतिभाशाली व्यक्तिहरूलाई अवसर दिइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सांसदले लालपुर्जा लिएर आउँछु भनेपछि मेयरको प्रश्न, ‘कुन कानुन टेकेर २० हजारलाई लालपुर्जा दिनुहुन्छ ?’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
सडकमा ठोक्किएर ट्रकमा आगलागी हुँदा चालकको मृत्यु
-
अङ्ग्रेज फौज पराजित भएको ऐतिहासिक स्थलमा भारतीय पत्रकारको भ्रमण
-
झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण