विवाहमा ‘बेस्ट म्यान’ बन्नेछन् कट्रिनाका एक्ला दाइ, के गर्छन् ?
कट्रिना कैफको परिवार नायिकाको विवाहका लागि जयपुर पुगिसकेको छ । कट्रिनाकी आमा, उनका दिदी बहिनी र दाइ, सबैलाई सोमबार विमानस्थलमा देखिएको थियो । कट्रिना र विक्कीको विवाहको विषयमा हालसम्म थुप्रै अपडेट आइसकेको छ । रिपोर्टलाई विश्वास गर्ने हो भने कट्रिना र विक्कीले दुई प्रकारको विवाह गर्नेछन्, सुरुमा हिन्दु र दोस्रो क्रिश्चियन । हिन्दु विवाहमा त आमा–बुवाले छोरीको कन्यादान गर्छन् तर क्रिश्चिन विवाहमा ‘बेस्ट म्यान’ ले महत्वपूर्ण भूमिका निभाउँछन् ।
को हुन् कट्रिनाका दाइ सेबास्टिन ?
कट्रिनाको विवाहमा उनका दाइ सेबास्टिन लौरने मिसेल बेस्ट म्यान बन्न लागेका छन् । उनी बहिनीको विवाहमा क्रिश्चियन परम्परा अनुसार टोस्ट रेज गर्नेछन् र विशेष भाषण दिनेछन् । स्मरण रहोस्, सेबास्टिन, कट्रिना र उनका बहिनीहरुका एक्ला दाइ हुन् । दाजु बहिनीहरुको सम्बन्ध निकै गहिरो छ । सेबास्टिन पहिला पनि मुम्बईमा आफ्नी बहिनी कट्रिनासँग देखिइसकेका छन् । उनी फर्निचर डिजाइनिङमा माहिर छन् । उनको क्रिएटिभिटीमा उनको आफ्नै एउटा ब्लग पनि छ । सेबास्टिनलाई घुम्न असाध्यै मनपर्छ । उनी एड्भेन्चरका सौखिन हुन् र व्यावसायिका स्कियर पनि हुन् ।
यस्तो छ तालिकाः
कट्रिना विक्कीको विवाह अघि प्रि–वेडिङका कार्यक्रमहरु भव्य हुनेछन् । ७ डिसेम्बरमा संगीत र ८ डिसेम्बरमा कट्रिनाको मेहेन्दीको आयोजना गरिनेछ । ९ डिसेम्बरमा विवाह र त्यसपछि १० डिसेम्बरमा उनीहरुले आफ्नो रिसेप्सन दिनेछन् । हालसम्मको रिपोर्ट अनुसार उनको विवाहमा करण जोहर, आलिया भट्ट, रोहित शेट्टी, वरुण धवन, नताशा दलाल, शशांक खैतानसमेत बलिउडका ठूला कलाकारको उपस्थिति रहनेछ ।
विवाहको तयारीका लागि वेडिङ प्लानर्सले पूरा बन्दोबस्त मिलाइसकेको छ । पाहुनाको नाम फेरेर उनीहरुलाई गोप्य कोड दिइएको छ । यो गोप्य कोडको जानकारी वेडिङ प्लानर्स र पाहुनाबाहेक अरु कसैलाई पनि थाहा हुने छैन । विवाहको मण्डप पनि निकै विशेष हुनेछ । खबरका अनुसार कट्रिना र विक्कीको मण्डप पनि सिसाले तयार गरिएको छ । यस्तै गोपनियताका लागि विवाहमा मोबाइल प्रतिबन्ध गरिएइको छ । यहाँसम्म कि कुनै ड्रोन उडेको देखे त्यसलाई सुट गर्ने आदेश दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
-
भन्सार छलीका सामान बरामद
-
रास्पवा भक्तपुरमा बस्नेत निर्वाचित
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण