मुख्यमन्त्री शाहीद्वारा सह–महामन्त्री पदमा उम्मेदवारी घोषणा
कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । पार्टीको केन्द्रीय सदस्य समेत रहेका उनले पिछडिएको क्षेत्रबाट उम्मेदवारी घोषणा गरेका हुन् ।
शाही पार्टीभित्र संस्थापन पक्षधर नेता हुन् । उनले कर्णालीबाट पनि पार्टीको नेतृत्वदायी भूमिका पाए कुशलतापूर्वक निर्वाह गर्न सकिन्छ भन्ने हेतुले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेको बताएका छन् । उनको नाम यसअघि कर्णालीको सभापतिका लागि पनि चर्चामा थिए । तर उनले आफ्नो सभापतिको लागि चाहना नभएको र आफ्नो पक्षबाट चार जनाले आकाङ्क्षा देखाएपछि पार्टी महामन्त्री पूर्णबहादुर खड्काले मिल्ने भए मिल नत्र जीवनलाई बनाउनुपर्यो भनेपछि नाम चर्चामा आएको बताएका थिए ।
शाही यति बेला कर्णालीको मुख्यमन्त्री बनेपछि सरकारलाई पूर्णता दिने कुरामा भने ध्यान दिएका छैनन् । मुख्यमन्त्री बनेको एक महिना भन्दा बढी भइसक्दा पनि उनले अहिले सम्म दुईवटा मात्र मन्त्री नियुक्त गरेका छन् भने बाँकी मन्त्रालय आफैसँग राखेका छन् । जसले गर्दा कार्यसम्पादनमा समेत समस्या भएको भन्दै मुख्यमन्त्री शाहीको आलोचना भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलको मुख्य विमानस्थलमा कसले गर्यो मिसाइल हमला ?
-
सांसद माया राईको कार्यकालमा २ करोड ४० लाख हिनामिना
-
हेटौँडामा जमिनमुनि भासिएको गाडी अझै भेटिएन
-
खरबुजाको बियाँ खानुभएको छ ? यस्ता छन् फाइदा
-
राष्ट्रकवि घिमिरेका कविता वाचन गर्दै राष्ट्रपतिले भने, ‘स्रष्टालाई सम्मान गर्न समाज र सरकारले कन्जुस्याइँ गर्न हुन्न’
-
माओवादीको निष्कर्ष– हुलाकी मार्ग अभियान सोचेभन्दा बढी उपलब्धिपूर्ण