संस्थापन टीमबाट निधि ‘आउट’, बोलाएनन् देउवाले
नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका विमलेन्द्र निधि संस्थापन टीमबाट औपचारिकरुपमै ‘आउट’ भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशनमा आफ्नो पक्षको प्यानल तय गर्न बोलाएको बैठकमा उपासभापति विमलेन्द्र निधिलाई नबोलाएका हुन् ।
निधिले सभापतिमा उम्मेदवारी घोषणा गरेपनि यसअघि देउवाले आफ्नो पक्षको बैठकमा उनलाई बोलाउने गरेका थिए । आजको बैठकमा भने उनलाई निमन्त्रणा गरिएको छैन । ‘मलाई आजको बैठकमा बोलाइएको छैन । म घरमा नै बसिरहेको छु,’ निधिले रातोपाटीसँग भने ।
देउवाले पार्टीको महाधिवेशन सम्बन्धमा छलफल गर्न आफ्नो समूहका नेताहरुको बैठक बोलाएका छन् । निजी निवास बूढानीलकण्ठमा बोलाइएको बैठकमा महाधिवेशनको तयारी, महाधिवेशनमा पदाधिकारीका उम्मेदवारीलगायत विषयमा छलफल हुने केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिए । सभापति देउवाले भने यसअघि नै सभापतिमा दोहोरिने तयारी गरिसकेका छन्। आजको बैठकमा अन्य पदाधिकारीका उम्मेदवारबारे छलफल हुनेछ ।
कांग्रेस पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने र एक कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यबाट निर्वाचित हुने पार्टी विधानको प्रावधान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
