गैँडाको आक्रमणबाट मृत्यु
बिहीबार, २३ मङ्सिर २०७८, १३ : २७
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा गैँडाको आक्रमणबाट कावासोती–१५ शेरगञ्जका ६५ वर्षीय रेशमलाल महतको मृत्यु भएको छ ।
आफ्नै घर नजिकको चउरमा बसिरहेका अवस्थामा उनलाई मध्यवर्ती क्षेत्रबाट आएको गैँडाले एक्कासी आक्रमण गरेको थियो । मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारका क्रममा बुधबार राति महतको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए । जिल्लामा निकुञ्ज र मध्यवर्ती क्षेत्रबाट निस्कने गैँडाको आक्रमणबाट बर्सेनि स्थानीयवासीले ज्यान गुमाउने गरेका छन् ।
पछिल्लो राष्ट्रिय गैँडा गणना २०७७ अनुसार नेपालमा ७५२ गैँडा छन् भने चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९४ गैँडा भेटिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण