बेलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
शुक्रबार, २४ मङ्सिर २०७८, ०९ : ३७
दाङमा बोलेरो जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बिहीबार बेलुका करिब पौने ८ बजेतिर घोराही–तुलसीपुर सडकखण्डको घोराही उपमहानगरपालिका–१६ कपासीमा रा१च ३८५ नंको बोलेरोले रा४प ४०२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार घोराही–१६ का ४३ वर्षीय युवराज चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका चन्दलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याएलगतै चिकित्सकले मृत्यु भएको जानकारी दिएका थिए । ठक्कर दिने बोलेरो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण