न कट्रिनाको विवाहमा गए, न दिए बधाइ, कहाँ व्यस्त छन् सलमान ?
बलिउड अभिनेता सलमान खानको फ्यान फलोविङ भारतमा नभई संसारभरी छन् । सलमान हालै Da-Bangg टुरका लागि साउदी अरबको राजधानी रियाद गएका छन् । सलमान कट्रिनाको विवाहमा त पक्कै पनि पुग्नेछन् भनेर धेरैले अनुमान गरेका थिए । तर सलमान आफ्नो टुरको सिलसिलामा साउदी अरब निस्किएका छन् । सलमान रियाद पुगिसकेका छन् र त्यहाँ उनको भव्य स्वागत गरिँदैछ ।
सलमानको गरियो स्वागतः
सलमानले इन्स्टाग्रामा एउटा भिडियो सेयर गरेका छन् । भिडियोमा उनलाई भव्य तरिकाले स्वागत गरेको देख्न सकिन्छ । सलमानलाई भेट्न साउदी अरबका जनरल इन्टरटेनमेन्ट अथोरिटीका अध्यक्ष अलालशेख पुगेका थिए । सलमानद्वारा सेयर गरिएको भिडियोमा उनले अलालशेखलाई हात मिलाइरहेको देख्न सकिन्छ ।
सलमान खान धेरै अघिदेखि कट्रिना कैफका नजिक छन् र नायिकासँग उनको निकै राम्रो सम्बन्ध छ भनेर कसैबाट पनि लुक्न सकेको छैन । यस्तोमा दर्शकले सलमान कट्रिनाको भव्य विवाहमा समावेश हुने अनुमान गरेका थिए । तर यति नै बेला सलमान टुरका लागि साउदी जानुपर्यो । वास्तवमा ज्याकलिन फर्नान्डिस यो शोको हिसा बन्ने तयारीमा थिइन् तर सुकेश चन्द्रशेखर केसमा नाम आएपछि उनी यसको हिस्सा बन्न सकिनन् र उनलाई मुम्बई विमानस्थलमा रोकियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
-
भन्सार छलीका सामान बरामद
-
रास्पवा भक्तपुरमा बस्नेत निर्वाचित
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण