एनआरएनएमा ‘सेल्फी भोटिङ प्रणाली’ लागू हुने
डिसेम्बर अन्तिम साता हुने गैरआवासीय नेपाली संघको निर्वाचनमा प्रयोग हुने ‘सेल्फी भोटिङ प्रणाली’ को सफल परीक्षण गरिएको छ । गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माका अनुसार अष्ट्रेलियाली कम्पनी भेरो भोटिङले विकास गरेको सेल्फी भोटिङ प्रणाली सफलतापूर्वक परीक्षण गरिएको हो ।
सो प्रणाली अन्तर्गत गैरआवासीय नेपाली संघको स्मार्ट एनआरएनए एप मार्फत दर्ता भएका प्रतिनिधिले मतदान गर्नु भन्दा अघि आफ्नो सेल्फी मार्फत मतपत्र खोलेर मात्र आफूले चाहेको उम्मेदवारलाई मतदान गर्न पाउने छन् ।
गैरआवासीय नेपाली संघका ३३ सयभन्दा बढी महाधिवेशन प्रतिनिधिले सो सुविधा पहिलो पटक प्रयोग गर्न पाउने भएका छन् । संघका अनुसार हाल सम्म ७५ प्रतिशत भन्दा बढी प्रतिनिधिहरूले स्मार्ट एनआरएनए डाउनलोड गरेर सेल्फी दिएका छन् । संघको निर्वाचन समितिले डिसेम्बर २६- २७ मा हुने एनआरएनएको निर्वाचनमा भाग लिन सेल्फी अनिवार्य गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण