माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश अध्यक्ष सर्वसम्मत् बनाउन पहल
नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्ष सर्वसम्मत् रुपमा चयन गर्न पहल थालिएको छ । शनिबारदेखि सुरु भएको पार्टीको सुदूरपश्चिम प्रदेश प्रथम सम्मेलनबाट नयाँ नेतृत्व छनोटका लागि गृहकार्य सुरु भएको सो पार्टीका प्रदेश कमिटी अध्यक्ष शरदसिंह भण्डारीले बताए ।
उनका अनुसार प्रदेश अध्यक्ष पदका लागि सहमति खोज्ने प्रयास जारी छ । उनले भने, ‘मिडियामा आएकोजस्तो नेतृत्वका लागि कसैको दाबी आएको छैन, आकांक्षीहरु होलान् तर तीमध्येबाट एक जना छान्नका लागि सहमतिको प्रयास जारी छ ।’

उनका अनुसार केही बेरपछि बन्दसत्र सुरु हुन्छ । बन्दसत्रमै बहस तथा छलफल गरी अध्यक्ष छनोट हुने उनले बताए । उनले भने, ‘हामी सकेसम्म सहमतिमै नेतृत्व चयन होस् भन्ने पक्षमा छौं, यदि सहमति भएन भने लोकतान्त्रिक विधिअनुसार निर्वाचनमा गएर नेतृत्व चयन गर्ने कुरा त छँदैछ ।’
सम्मेलनलबाट ९ पदाधिकारी सहित २२३ जनाको प्रदेश कमिटी चयन हुनेछ । उनले अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, तीन सहसचिव र कोषाध्यक्ष गरी ९ जना पदाधिकारी सहित २२३ जना प्रदेश कमिटी चयन हुने बताए । त्यसबाहेक १० प्रतिशत सदस्य मनोनित गरिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थी आन्दोलनलाई भारतीय कलाकारहरूको ऐक्यबद्धता
-
गण्डकी प्रज्ञा–प्रतिष्ठानको नियुक्तिविरूद्ध रिटमा कारण देखाऊ आदेश
-
१० बजे १० समाचार : कांग्रेस विवाद फेरि सर्वोच्चमा, वैदेशिक व्यापारमा नयाँ रेकर्ड
-
'सेयर खरिदविक्री रोक्नु विदेशी लगानी कानुन तथा द्विपक्षीय सम्झौता वर्खिलाप'
-
नेदरल्यान्ड्सँग पनि पराजितः बलर र ब्याटर दुवै फ्लप
-
३ वर्षीय बालक मृत्यु प्रकरण : साइकलले किचेपछि आत्तिएर पोखरीमा शव फाल्ने बालबिज्याँईकर्ता पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण