बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश अध्यक्ष सर्वसम्मत् बनाउन पहल

आइतबार, २६ मङ्सिर २०७८, १३ : १२
आइतबार, २६ मङ्सिर २०७८

नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्ष सर्वसम्मत् रुपमा चयन गर्न पहल थालिएको छ । शनिबारदेखि सुरु भएको पार्टीको सुदूरपश्चिम प्रदेश प्रथम सम्मेलनबाट नयाँ नेतृत्व छनोटका लागि गृहकार्य सुरु भएको सो पार्टीका प्रदेश कमिटी अध्यक्ष शरदसिंह भण्डारीले बताए ।

उनका अनुसार प्रदेश अध्यक्ष पदका लागि सहमति खोज्ने प्रयास जारी छ । उनले भने, ‘मिडियामा आएकोजस्तो नेतृत्वका लागि कसैको दाबी आएको छैन, आकांक्षीहरु होलान् तर तीमध्येबाट एक जना छान्नका लागि सहमतिको प्रयास जारी छ ।’

उनका अनुसार केही बेरपछि बन्दसत्र सुरु हुन्छ । बन्दसत्रमै बहस तथा छलफल गरी अध्यक्ष छनोट हुने उनले बताए । उनले भने, ‘हामी सकेसम्म सहमतिमै नेतृत्व चयन होस् भन्ने पक्षमा छौं, यदि सहमति भएन भने लोकतान्त्रिक विधिअनुसार निर्वाचनमा गएर नेतृत्व चयन गर्ने कुरा त छँदैछ ।’

सम्मेलनलबाट ९ पदाधिकारी सहित २२३ जनाको प्रदेश कमिटी चयन हुनेछ । उनले अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, तीन सहसचिव र कोषाध्यक्ष गरी ९ जना पदाधिकारी सहित २२३ जना प्रदेश कमिटी चयन हुने बताए । त्यसबाहेक १० प्रतिशत सदस्य मनोनित गरिने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप