एमाले फुट्नुमा ओली र नेपाल दुवै दोषी : रावल
नेकपा एमालेका पूर्व उपाध्यक्ष डा.भीम रावलले पार्टी फुट्नुमा अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल दुवै जिम्मेवार रहेको बताएका छन् । लामो बहस र छलफलपछि दुबै नेताको सहमतिका आधारमा १० बुँदे सहमति भए पनि कार्यान्वयनमा दुवै नेताले अनिच्छुक देखिँदा पार्टी फुटेको उनले बताए ।
नेकपा एमालेले मेल्लेखको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता रावलले १० बुँदे सहमतिको लागि दिनहुँ बालकोट र कोटेश्वर गएर निकै मेहनतका साथ सहमतिको खाका तयारी गरे पनि कार्यान्वयन नहुँदा पार्टी फुटेको रावलको आरोप छ ।
नेता रावलले १० औं महाधिवेशनको पूर्व सन्ध्यामा आफूले ओली र अन्य नेतालाई मिलेर जानको लागि आग्रह गर्दा सुनुवाइ नभएको बताए । पार्टी फुटको अवस्थामा पुग्न लाग्दा आफूले सहमतिमा अघि बढौं भनेर दुई घण्टाभन्दा बढी अध्यक्ष ओलीसँग छलफल गरेको उनको भनाई छ ।
आफूले भनेको कुरा पार्टी अध्यक्षले सुनुवाइ नगर्दा पार्टीको नीति, सिद्धान्त र विचारलाई आत्मसात गर्दै अध्यक्षको उम्मेदवार बनेको रावलले बताए । उनले आफूले अध्यक्ष पदमा प्रतिस्पर्धा गरेको र हार बेहोर्दा मन खुम्च्याउनु पर्ने कारण नरहेको बताएका छन् ।
चुनावमा अध्यक्ष ओलीले जिते पनि नैतिक रूपमा भने आफूले जितेको नेता रावलको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण