सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीको अगुवाईमा हुँदै आएको गुटबन्दीले छलाङ मारेछ : रावल

आइतबार, २६ मङ्सिर २०७८, २३ : ०४
आइतबार, २६ मङ्सिर २०७८

नेकपा एमालेका पूर्व उपाध्यक्ष डा.भीम रावलले आइतबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकका निर्णयप्रति असन्तुष्टि जनाएका छन् । नेता रावलले बैठकले गरेका  मनोनयन र जिम्मेवारीप्रति असन्तुष्टि जनाउँदै केपी ओलीको अगुवाईमा हुँदै आएको गुटबन्दीले छलाङ मारेको बताए ।

बैठक सकिएलगत्तै ट्वीट गर्दै नेता रावलले भनेका छन्: ‘एमालेमा भर्खरै भएका मनोनयन र जिम्मेवारी वा कार्यविभाजन हेर्दा केपी ओलीजीको अगुवाईमा लामो समयदेखि हुँदै आएको गुटबन्दीले छलाङ मारेको देखियो । यो देश र जनताप्रति प्रतिबद्ध पार्टी निर्माणको प्रक्रिया नभई गुट स्वार्थ प्रेरित अहम् तुष्टिको नमूना हो ।’  नेता रावलले यस्तो प्रवृत्ति हट्नु पार्टीमा हितमा हुने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप