सेनाको लघु चलचित्र प्रतियोगिता घोषणा
सोमबार, २७ मङ्सिर २०७८, ११ : ४४
नेपाली सेनाले १० औं संस्करणको लघु चलचित्र प्रतियोगिता २०७८ घोषणा गरेको छ । सेनाले प्रतियोगितामा सेनासँग सम्बन्धित गतिविधि तथा नेपाली सेनाको छवि उजागर हुने गरेर तयार भएका रचनात्मक स्क्रिप्ट छनौट गर्नेछ ।
२०६७ सालबाट लघु चलचित्र प्रतियोगिता आयोजना गर्दै आएको सेनाले प्रतियोगितामा सहभागीका लागि इच्छुक व्यक्ति तथा संघ/संस्थाले सेना सम्बन्धी रचनात्मक तथा नागरिक दृष्टिकोणमा नेपाली सेना र सेनाले गरेका एवम् गरिरहेका कार्यहरु झल्किने विषय–वस्तुमा आधारित रही प्रतियोगितामा भाग लिन सक्ने सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
फारम वितरण पुस १ गतेदेखि प्रतियोगिताको लागि १५ भित्र फारम बुझाइसक्नुपर्नेछ । पुस (१८–१९) अन्तरक्रिया कार्यक्रम र २ माघमा स्क्रिप्ट बुझ्ने कार्यक्रम रहेको नेपाली सेनाको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण