टिप्परको ठक्करबाट युवकको मृत्यु
सोमबार, २७ मङ्सिर २०७८, २१ : १५
तनहुँको छाङ पाटनबाट खैरेनीटारतर्फ आउँदै गरेको टिप्परको ठक्करबाट आज साँझ एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको म्याग्दे गाउँपालिका–५ को छाङ पाटन बस्ने ३३ वर्षीय मङ्गल कुमाल रहेका छन् ।
छाङ पाटनबाट खैरेनीटारतर्फ आउँदै गरेको ग१क २९१५ नम्बरको टिप्परले ठक्कर दिँदा कुमालको घटनास्थलमै मृत्यु भएको हो । ठक्कर दिने टिप्परलाई प्रहरीले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
मृतकको शव परीक्षणका लागि दमौली अस्पताल पठाउने तयारी भइरहेको र घटनाको अनुसन्धान थालिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । ठक्कर दिएको विरोधमा स्थानीयवासीले टिप्परमाथि तोडफोड र दोषीमाथि कारबाहीको माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण