सिद्धार्थ राजमार्ग १५ दिनसम्म रातिमा बन्द रहने
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड आजदेखि १५ दिन रातिमा बन्द हुने भएको छ । रातको समयमा सडक चौडा गर्ने काम भएकाले आजदेखि पुस १३ गतेसम्म सडक बन्द हुने भएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख रामेश्वर लम्सालले बताए ।
चौडा बनाउन पहाड कटान गर्दा सडक बन्द गर्न लागिएको हो । सडक चौडा गर्दा माटो र ढुङ्गा सडकमा राख्नुपर्ने भएकाले सडक बन्द गर्न थालिएको प्रमुख लम्सालले बताए । बुटवलको सिद्धबाबाबाट झुम्सा पुलसम्म र कालिमाटीबाट गौडेपुलसम्मको क्षेत्रमा सडक चौडा गर्ने काम हुनेछ । हरेक दिन बुलुका ९ः३० देखि बिहान ४ बजेसम्म सडक बन्द हुने प्रमुख लम्सालले बताए ।
रातिको समयमा सवारी बन्द गरेर काम गर्दा यात्रुलाई गन्तव्यमा पुग्न समस्या हुने भएकाले दिउँसोमा यात्रा गर्न अनुरोध गरिएको प्रमुख लम्सालले बताए । पाल्पा, गुल्मी, स्याङ्जातर्फ सवारी आवागमन गर्ने प्रमुख सडकका रूपमा सिद्धार्थ राजमार्ग रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण