उच्च र जिल्ला अदालतमा माघ २ देखि गोला प्रक्रियाबाट पेसी
सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) ले उच्च र जिल्ला अदालतमा आगामी माघ २ गतेदेखि गोला प्रक्रियाबाट पेसी तोक्ने निर्णय गरेको छ । सर्वोच्च अदालतमा आज बसेको पूर्ण बैठकले उक्त निर्णय गरेको हो । साथै बैठकले उक्त प्रक्रियाबाट पेसी व्यवस्थापन गर्न उच्च र जिल्ला अदालतको नियमावली संशोधन र निर्देशिका तयार गर्ने निर्णयसमेत गरेको छ ।
सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार बैठकले आगामी माघ २ गतेदेखि उच्च र जिल्ला अदालतमा गोलाप्रक्रिया प्रणालीबाट पेसी तोक्ने निर्णय गरेको छ र त्यसका लागि नियमावली संशोधन गर्ने र निर्देशिका र मस्यौदा तयारी गरी पूर्ण बैठकमा पेस गर्न सर्वोच्च प्रशासनमा निर्देशन दिने निर्णय भएको छ ।
सर्वोच्च अदालतमा यही मङ्सिर १५ गतेदेखि गोलाप्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ प्रारम्भ गरिएको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिको प्रतिवेदनले अदालतमा भइरहेका विकृति विसङ्गति हटाउन गोलाप्रक्रियाबाट पेसी तोक्न सुझाव दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण