सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पुनर्संरचना गरिने
सरकारले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सङ्घीयता कार्यान्वयन गर्न सहजीकरण गर्ने गरी पुनर्संरचना गर्ने भएको छ । सङ्घीयता कार्यान्वयन गर्ने प्रमुख मन्त्रालयका रूपमा रहेको मन्त्रालय सङ्घीयता कार्यान्वयनभन्दा पनि कर्मचारीको सरुवा र बढुवामै केन्द्रित भएकाले मन्त्रालयको पुनर्संरचना गर्न लागिएको बताइएको छ । मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले मन्त्रालयलाई पुनर्संरचना गरेपछि कर्मचारी व्यवस्थापन एवं अभिलेख विभाग र सङ्घीय मामिला तथा अन्तरतह सहजीकरण विभाग निर्माण गरिने जानकारी दिए । उनका अनुसार कर्मचारी व्यवस्थापन एवं अभिलेख विभागले अहिले राष्ट्रिय निजामती किताबखानाले गर्ने कर्मचारीका सबै अभिलेख राख्ने काम गर्ने र शाखा अधिकृत वा सोभन्दा तलका कर्मचारीको सरुवा र बढुवासमेत सोही विभागले गर्नेछ ।
त्यस्तै सङ्घीय मामिला तथा अन्तरतह सहजीकरण विभागले स्थानीय र प्रदेश तहमा समन्वय गर्ने, नीतिगत काम र अहिले स्थानीय पूर्वाधार विभागले गर्ने सडक, पुल, खानेपानीलगायतका साना विकासका आयोजनाका काम स्थानीय तहलाई हस्तान्तरण गरिने गरी मन्त्रालयको पुनर्संरचना गर्न लागिएको छ । मन्त्रालयको पुनर्संरचना भएपछि संविधानमा नै व्यवस्था गरिएका जनजाति, मधेसी, दलित, मुस्लिम, आदिवासी र थारू आयोगसँगको समन्वयको कामसमेत सङ्घीय मामिला तथा अन्तरतह सहजीकरण विभागले गर्नेछ । विभागमा दुई महाशाखा हुनेछन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासी राखिएको कीर्तिपुरको होल्डिङ सेन्टर जलमग्न (तस्बिरहरू)
-
कोशी सरकारको बजेट ७० प्रतिशत हाराहारी खर्च
-
दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई दिनुहुन्न यी ६ खानेकुरा
-
विश्वकपबाट बाहिरिएपछि कोलम्बियाका जामिन्टोन काम्पाजलाई ज्यान मार्ने धम्की
-
दिनहुँ १ मुठ्ठी मखाना खाँदा यी रोगबाट बच्न सकिन्छ
-
बागमती प्रदेश ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण