इजरायल जाने कामदार छनौटमा अनियमिता भएको मुद्दामा कारण देखाउ आदेश
इजरायलका दीर्घकालिन स्याहार केन्द्रमा जान चाहने नेपाली कामदार छनोट प्रक्रियामा अनियमितता भएकोबारे सर्वोच्च अदालतले सरकारसँग कारण मागेको छ । कामदार छनौट प्रक्रियामा अनियमिता भएको भन्दै परेको रिट निवेदनमा सर्वोच्च अदालतले विपक्षीहरुका नाममा कारण देखाउ आदेश जारी गरेको हो । अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई पुस ५ मा बोलाइएको छ । सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालले सो आदेश गरेका हुन् ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको बैदेशिक रोजगार विभागले अनियमित तरिकाले कामदार छनौट गरेको भन्दै जमुना पौडेल कार्कीसहित ९ जनाले रिट हालेका थिए । मंसिर २२ मा दर्ता गरिएको रिट, निवेदनमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र बैदेशिक रोजगार विभागलाई विपक्षी बनाइएको छ ।
बैदेशिक रोजगार विभागले इजरायल जाने कामदारका लागि भनेर १४ सय जनाको विज्ञापन गरेको थियो । पछि विना सूचना १६ सय जनाको नामावली प्रकाशन गरेर अनियमितता गरेको रिट निवेदकको आरोप छ । निवेदकहरुले छनौट प्रकृया समेत अनियमित भएको आरोप लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंलाई थप २ दिन हिरासतमा राख्न अनुमति
-
म्यानचेस्टर युनाइटेडले बर्खास्त गरे क्षतिपूर्ति दाबी गर्दिनँ : प्रशिक्षक रुबेन
-
सगरमाथा आरोही छत्यालको बढुवा, दर्ज्यानी चिन्ह प्रदान
-
जापान एयरलाइन्सको नेपालमा उडान सुरु गर्न जापानका परराष्ट्रमन्त्रीसँग आग्रह
-
सिटिजन्स बैंकद्वारा शव दाह गृह निर्माणका लागि आर्थिक सहयोग
-
सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी महिला प्रहरीलाई स्वागत गर्दा जे देखियो...