इजरायल जाने कामदार छनौटमा अनियमिता भएको मुद्दामा कारण देखाउ आदेश
इजरायलका दीर्घकालिन स्याहार केन्द्रमा जान चाहने नेपाली कामदार छनोट प्रक्रियामा अनियमितता भएकोबारे सर्वोच्च अदालतले सरकारसँग कारण मागेको छ । कामदार छनौट प्रक्रियामा अनियमिता भएको भन्दै परेको रिट निवेदनमा सर्वोच्च अदालतले विपक्षीहरुका नाममा कारण देखाउ आदेश जारी गरेको हो । अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई पुस ५ मा बोलाइएको छ । सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालले सो आदेश गरेका हुन् ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको बैदेशिक रोजगार विभागले अनियमित तरिकाले कामदार छनौट गरेको भन्दै जमुना पौडेल कार्कीसहित ९ जनाले रिट हालेका थिए । मंसिर २२ मा दर्ता गरिएको रिट, निवेदनमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र बैदेशिक रोजगार विभागलाई विपक्षी बनाइएको छ ।
बैदेशिक रोजगार विभागले इजरायल जाने कामदारका लागि भनेर १४ सय जनाको विज्ञापन गरेको थियो । पछि विना सूचना १६ सय जनाको नामावली प्रकाशन गरेर अनियमितता गरेको रिट निवेदकको आरोप छ । निवेदकहरुले छनौट प्रकृया समेत अनियमित भएको आरोप लगाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण