रणबीर कपुरले आलिया भट्टलाई सोधे, ‘हाम्रो विवाह कहिले हुन्छ ?’ दिइन् यस्तो जवाफ
बलिउडका प्रेमिल जोडी रणबीर कपुर र आलिया भट्टको विवाह प्रशंसकले लामो समयदेखि प्रतिक्षा गरिरहेका छन् । उनीहरुको विवाह कुनै न कुनै कारणले रोकिइरहेको छ । यी दुईले सन् २०२२ मा विवाह गर्ने बताइरहेका छन् । बुधबार ब्रह्मास्त्रको मोशन पोस्टर लञ्चमा रणबीरले मिडियाको सामुन्ने आलियालाई विवाह कहिले हुन्छ भनेर सोधे ।
कहिले होला रणबीरको विवाह ? आलियाले दिइन् यस्तो जवाफ
कार्यक्रममा रणबीर कपुरले दर्शकको प्रश्न पढे । जसमध्ये एकमा लेखिएको थियो, ‘तपाईं आलिया भट्टसँग वा अरुसँग कहिले विवाह गर्नुहुनेछ ?’ यसको जवाफमा रणबीर कपुरले भने, ‘के पछिल्लो १ वर्षमा हामीले थुप्रै मानिसहरुलाई विवाह गरेको देखेनौं ? मलाई लाग्छ हामी यसमा नै खुसी हुनुपर्छ । ’ त्यसपछि रणबीर कपुरले आफ्नी लेडीलव आलिया भट्टलाई हेरेर सोधे, ‘हाम्रो विवाह कहिले होला ?’
यसबारे प्रतिक्रिया दिँदै आलिया भट्टले भने, ‘तिमी मलाई किन सोधिरहेको छौ ?’ त्यसपछि रणबीरले अयान मुखर्जीतर्फ इशारा गर्दै सोधे, ‘हाम्रो कहिले हुन्छ ?’ अयान मुखर्जीले त्यतिबेला भने, ‘आजका लागि एउटै मिति काफी छ । ब्रह्मास्त्रको रिलिज डेट, अहिले प्रतिक्षा गरौं ।’
रणबीर कपुर र आलिया भट्ट सन् २०१७ देखि सम्बन्धमा छन् । उनीहरुको परिवारबीच पनि राम्रो सम्बन्ध स्थापित भइसकेको छ । यी दुईको परिवार सँगै बिदा मनाउन पनि जान्छन् । यो जोडीले पहिलो पटक फिल्म ब्रह्मास्त्रमा सँगै स्क्रिन सेयर गर्नेछन् । फिल्ममा रणबीर कपुरले शिवाको भूमिका निभाउनेछन् । अमिताभ बच्चन, मौनी रोय, नागार्जुन पनि यो फिल्ममा हिस्सा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
-
भन्सार छलीका सामान बरामद
-
रास्पवा भक्तपुरमा बस्नेत निर्वाचित
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण