शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

महामन्त्रीको मतगणना जारी हुँदा सानेपामा कार्यकर्ताहरूको चर्को भीड, गगन–विश्वप्रकाशको पक्षमा नारा

बिहीबार, ०१ पुस २०७८, १४ : २६
बिहीबार, ०१ पुस २०७८

नेपाली काँग्रेसको महामन्त्री पदको मतगणना जारी रहँदा पार्टी कार्यालय सानेपामा कार्यकर्ताको चर्को भीड लागेको छ । मतगणना सुरु हुँदासम्म खासै भीड नरहेकामा युवा नेता गगन थापा र विश्वप्रकाश शर्माले निरन्तर अग्रता बढाएपछि कार्यकर्ताको भीड बढ्दै गएको छ । यतिबेला सानेपास्थित काँग्रेस काँग्रेस कार्यालय परिसरमा कार्यकर्ताहरूको चर्को भीड रहेको छ । 

उनीहरुले गगन र विश्वप्रकाशको पक्षमा नारा लगाउँदै युवालाई अघि सार्नुपर्नेमा जोड दिएका छन् ।  काँग्रेसभित्र क्रान्ति दुई तिहाइको महामन्त्री, गगन दाइ हाइ हाइ, विश्व प्रकाश दाइ हाई हाई लगायतका नेता कार्यकर्ताहरूले लगाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप