साताको नेप्से– परिसूचक ७३ अंकले घट्दा लगानीकर्ताको एक खर्ब गुम्यो
यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७३ अंकले घटेको छ । आइतबारदेखि बिहीबारसम्मको पाँच कारोबार दिनमा नेप्से सूचकमा उक्त अंकको गिरावट आएको हो । साताको पहिलो दिन आइतबार २४ सय ४९ अंकबाट सुरु भएको कारोबार बिहीबारसम्ममा घटेर २३ सय ७६ अंकमा आइपुगेको छ ।
सातामा कारोबार भएका पाँच दिनमध्ये चार दिन नेप्से घटेको हो । आइतबार ८८ अंक, सोमबार ७९ अंक, बुधबार ४ अंक र बिहीबार ३७ अंकले घटेको हो । यसबाहेक, मंगलबार एकैदिन नेप्सेमा १३७ अंकको सुधार आएको थियो । उक्त दिन नेप्से सकरात्मक सर्किट लाग्दै बन्द भएको थियो । यसबाहेक नेप्से अन्य सबै दिन घटेको हो ।
यो साता नेप्सेमा आएको गिरावटबाट लगानीकर्ताले एक खर्ब रुपैयाँभन्दा बढी गुमाएका छन् । गत साताको बिहीबार ३४ खर्ब ४४ अर्ब २६ करोड रुपैयाँ रहेको बजार पुँजीकरण यो साताको बिहीबार ३३ खर्ब ३१ अर्ब रुपैयाँमा आइपुगेको छ ।
साताका पाँच दिनमा बजारमा १६ अर्ब ११ करोड रुपैयाँको सेयर किनबेच भएको छ । साताभर दुई लाख ५२ हजार कारोबारमार्फत तीन करोड ६४ लाख कित्ता सेयर उक्त मूल्यमा किनबेच भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्जा लगानीमा बैंकहरू आक्रामक : चैतमा मात्र ५० अर्ब ५५ करोड प्रवाह
-
राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित
-
समर हुम्लीका हुम्ला–कर्णालीबारे ११ किताब
-
लण्डनमा बुद्ध जयन्ती मनाउन साढे तीन फिटको बुद्धको मूर्ति ल्याइयो
-
विरोध, बहिष्कार अनि विश्वासको मत, तस्बिरहरू हेर्नुहोस्
-
विपक्षमा शून्य मत हुँदा सत्ता पक्षकै तीन सांसद अनुपस्थित