साताको नेप्से– परिसूचक ७३ अंकले घट्दा लगानीकर्ताको एक खर्ब गुम्यो
यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७३ अंकले घटेको छ । आइतबारदेखि बिहीबारसम्मको पाँच कारोबार दिनमा नेप्से सूचकमा उक्त अंकको गिरावट आएको हो । साताको पहिलो दिन आइतबार २४ सय ४९ अंकबाट सुरु भएको कारोबार बिहीबारसम्ममा घटेर २३ सय ७६ अंकमा आइपुगेको छ ।
सातामा कारोबार भएका पाँच दिनमध्ये चार दिन नेप्से घटेको हो । आइतबार ८८ अंक, सोमबार ७९ अंक, बुधबार ४ अंक र बिहीबार ३७ अंकले घटेको हो । यसबाहेक, मंगलबार एकैदिन नेप्सेमा १३७ अंकको सुधार आएको थियो । उक्त दिन नेप्से सकरात्मक सर्किट लाग्दै बन्द भएको थियो । यसबाहेक नेप्से अन्य सबै दिन घटेको हो ।
यो साता नेप्सेमा आएको गिरावटबाट लगानीकर्ताले एक खर्ब रुपैयाँभन्दा बढी गुमाएका छन् । गत साताको बिहीबार ३४ खर्ब ४४ अर्ब २६ करोड रुपैयाँ रहेको बजार पुँजीकरण यो साताको बिहीबार ३३ खर्ब ३१ अर्ब रुपैयाँमा आइपुगेको छ ।
साताका पाँच दिनमा बजारमा १६ अर्ब ११ करोड रुपैयाँको सेयर किनबेच भएको छ । साताभर दुई लाख ५२ हजार कारोबारमार्फत तीन करोड ६४ लाख कित्ता सेयर उक्त मूल्यमा किनबेच भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण