बेलायतमा ओमिक्रोनको त्रास, व्यवसायीले बन्द गर्दैछन् होटल-रेष्टुरेन्ट
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र गतिमा फैलन सुरु गरेपछि बेलायतमा होटल-रेष्टुरेन्ट बन्द हुन थालेका छन् । सरकारको नीतिका कारण नभई होटल-रेष्टुरेण्ट आफैँ बन्द हुन लागेका हुन् ।
पछिल्लो समय बेलायतमा ओमिक्रोनको संक्रमण बढ्दै गएको छ । पछिल्लो २४ घण्टामै ९० हजारभन्दा बढी कोभिड संक्रमित भेटिएको बेलायतमा लगानीकर्ताले आफै व्यवसाय बन्द गर्न लागेको अमेरिकी समाचार संस्था सिएनएनले उल्लेख गरेको छ ।
उत्तरी लण्डनमा रहेको ‘मंगल टू’ रेष्टुरेन्टका सह–संस्थापक फरहाक डिरिकले क्रिसमस र नयाँ वर्षको बन्द योजनाभन्दा एक साता अगाडि नै रेष्टुरेन्ट बन्द गर्ने निर्णय गरेको सुनाए । उनले अंग्रेजी नयाँ वर्ष र क्रिसमसको पूर्वसन्ध्या बन्द गर्ने समयभन्दा अगाडि नै रेष्टुरेन्ट बन्द गर्न लागेको जानकारी दिए ।
कोरोनाको नयाँ भेरियन्टले कर्मचारी र आफुहरुको मनोबललाई असर गरिरहेको समेत उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण