गुपचुपमै सकियो ‘काँडेतार’ को सुटिङ
फिल्म ‘काँडेतार’ को छायांकन सकिएको छ । प्रदेश १ र २ का विभिन्न स्थानमा छायांकन गरिएको फिल्मको छायांकन आइतबार सकिएको हो । ३५ औं दिनको नियमित छायांकन पछि फिल्म सकिएको निर्देशक नवल खड्काले बताए । फिल्म युनिट भने सोमबार काठमाडौं फर्किँदैछ ।
निर्माता समेत रहेका निर्देशक नवल खड्काले फिल्मको सुटिङ विराटनगरबाट सुटुक्क सुरु गरेका थिए । फिल्मको बिषयबस्तु अलि गोप्य भएकोले देश तथा विदेशबाट हस्तक्षेप हुन सक्ने भन्दै निर्माण युनिटले गुपचुपमै फिल्मको छायांकन सकाएको हो ।
‘नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने विषयमा फिल्म बन्न लागेको हो । फिल्मको कथा महत्वपूर्ण भएकोले छायामा कहिँकतै बाट अवरोध नहोस् भनेर सुटुक्क सकिएको हो’ निर्देशक खड्काले भने ‘यस बाहेका अन्य बिषय अहिले भन्न मिल्दैन ।’
फिल्ममा गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, रविन्द्र रञ्जन झा, मुरली धर, प्रेम सुब्बा, परशुराम चौधरी, संजय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश अनुराग, प्रेम कार्की, महेश गिरी र बालकलाकार नादिया खड्का र सनया खड्का लगायतको अभिनय रहेको छ ।
शिवम अधिकारी र नवल खड्काकै लेखन रहेको फिल्ममा सौरभ लामाको छायांकन, श्री श्रेष्ठको द्वन्द, कविराज गहतराजको नृत्य रहेको छ ।
मणि थापा, दीपक शर्माको संगीत रहेको फिल्मको कार्यकारी निर्माता सत्यकला राई हुन् । फिल्म सामना फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको हो । नवलले यस अगाडि राष्ट्रियताको बिषयमा दशगजा, भीमदत्त लगायतका फिल्म बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण