ट्रकको ठक्करबाट एक छात्रको मृत्यु
सोमबार, ०५ पुस २०७८, ११ : २६
लालबन्दी नगरपालिका–९ स्थित पूर्वपश्चिम लोकमार्गअन्तर्गत बस्तीपुर चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ७९९० नं को ट्रकले ठक्कर दिँदा एक छात्रको आज विहान मृत्यु भएको छ ।
मृत्युहुनेमा लालबन्दी–९ स्थित जनज्योति माविमा कक्षा ९ मा अध्ययनरत चन्द्रनगर गाउँपालिका–१ का १६ वर्षीय दीपेन्द्रकुमार यादव रहेका छन् । इलाका प्रहरी कार्यालय लालबन्दीका कार्यालय प्रमुख प्रहरी निरीक्षक निर्मल थापाका अनुसार टियुसन पढ्न जाने क्रममा पैदल हिडिरहेका बेला छात्रलाई ट्रकले ठक्कर दिएको थियो । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रण लिएको छ । घटनालगत्तै स्थानीय र विद्यार्थीकाे समूहले केहीबेर पूर्व पश्चिम लाेकमार्गमा टायर बालेर अवरूद्ध गरेका थिए । सबैलाई सम्झाइ बुझाई गरेर सडक सुचारू गरिएकाे प्रहरीले जनाएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण