मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

ट्रकको ठक्करबाट एक छात्रको मृत्यु

सोमबार, ०५ पुस २०७८, ११ : २६
सोमबार, ०५ पुस २०७८

लालबन्दी नगरपालिका–९ स्थित पूर्वपश्चिम लोकमार्गअन्तर्गत बस्तीपुर चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ७९९० नं को ट्रकले  ठक्कर दिँदा एक छात्रको आज विहान मृत्यु भएको छ ।

मृत्युहुनेमा लालबन्दी–९ स्थित जनज्योति माविमा कक्षा ९ मा अध्ययनरत चन्द्रनगर गाउँपालिका–१ का १६ वर्षीय दीपेन्द्रकुमार यादव रहेका छन् । इलाका प्रहरी कार्यालय लालबन्दीका कार्यालय प्रमुख प्रहरी निरीक्षक निर्मल थापाका अनुसार टियुसन पढ्न जाने क्रममा पैदल हिडिरहेका बेला छात्रलाई  ट्रकले ठक्कर दिएको थियो । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले  नियन्त्रण लिएको छ । घटनालगत्तै स्थानीय र विद्यार्थीकाे समूहले केहीबेर पूर्व पश्चिम लाेकमार्गमा टायर बालेर अवरूद्ध गरेका थिए । सबैलाई सम्झाइ बुझाई गरेर सडक सुचारू गरिएकाे प्रहरीले जनाएकाे छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप