काँग्रेस खुला महिला केन्द्रीय सदस्यमा संग्रौलाको अग्रता, आरजु राणा तेस्रो
सोमबार, ०५ पुस २०७८, १४ : १२
नेपाली काँग्रेसको खुल्ला महिला केन्द्रीय सदस्यतर्फको मतगणना जारी छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा अहिलेसम्म १३ सय ६४ मत भन्दा डा.डिला संग्रौलाले अग्रता लिएकी छिन् ।
उनले ८२५ मत पाउँदा पुष्पा भूसाल ८०२ मतसहित दोस्रो स्थानमा रहेकी छिन् ।
प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा ७२८ मतका साथ तेस्रो स्थानमा छिन् ।
अम्बिका बस्नेत ६५८ मतसहित चौथो नम्बरमा छिन् भने ६४० मत ल्याएर ईश्वरी न्यौपाने पाँचौ स्थानमा छिन् ।
६२४ मतसहित सरिता प्रसाई छैटौं र रमा कोइराला ५२९ मत ल्याएर सातौं नम्बरमा छिन् । सुशीला ढकालले ५१९ अनिता देवकोटा ५१३ मत ल्याएर आठौं र नौ नम्बरमा छिन् ।
काँग्रेसमा खुला महिला केन्द्रीय सदस्यतर्फ ९ जना विजयी हुनेमा ३० जना चुनावी प्रतिस्पर्धामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा शेयर सूचीकरणबाट एसके हाइनिक्सले उठायो साढे २६ अर्ब डलर
-
८ हजार मिटर अग्ला हिमाल चढ्ने ६ जनालाई गण्डकी सरकारको सम्मान
-
निरन्तर बढ्दैछ बर्ड फ्लुको प्रकोप : डेढ खर्बको पोल्ट्री क्षेत्र जोखिममा
-
बागमतीमा सत्ता परिवर्तनको कसरत, के छ दलहरूको तयारी ?
-
गणेश नेपालीको मृत्युपछि गृह मन्त्रालयमा छलफल, सुधन गुरुङ अस्पताल जाँदै
-
इरानी पूर्व सर्वोच्च नेता खामेनीको मशहदमा अन्त्येष्टि सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण