करिना कपुर खानको यो गुणले प्रभावित छिन् सारा : भन्छिन्, ‘उनी दुई सन्तानकी आमा...’
बलिउड नायिका सारा अली खान सधैं करिना कपुर खानसँग राम्रो सम्बन्धमा छिन् । यी दुईबीच गहिरो दोस्ती धेरैजसो सोसल मिडियामा स्पष्ट रुपमा देखिन्छ । हालै एक अन्तरवार्तामा सारा अली खानलाई उनी करिनाको कुन गुण सिक्न चाहनुहुन्छ भनेर प्रश्न सोधिएको छ । स्मरण रहोस्, साराको फिल्म ‘अतरंगी रे’ छिट्टै रिलिजको तयारीमा छ । यो ओटिटिमा २४ डिसेम्बरमा रिलिज हुँदैछ ।
साराले यसो भनिन्ः
रेडियो अन्तरवार्तामा सारा अली खानले भनिन्, ‘मलाई करिना कपुर खानको एउटा कुरा असाध्यै मनपर्छ, त्यो हो उनको व्यावसायिकता । उनी दुई सन्तानकी आमा हुन् तर उनी काम गरिरहेकी छिन् । आफ्नो ब्रान्डलाई एन्डोर्स गरिरहेको पनि देखिन्छिन् र यो असाध्यै राम्रो कुरा हो ।’
साराका अनुसार करिना एउटा उदाहरण सेट गरिरहेकी छिन्, एकपटक जो एक्टर बने, उनी सधैं यस्तै रहनुपर्छ । आफ्नो काम प्रति समर्पित हुनुपर्छ । सारा आफैं पनि आफ्नो जीवनमा कामलाई महत्व दिन चाहन्छिन्, चाहे जे सुकै होस् ।
सारा अली खान बलिउडकी ती नायिकामध्ये एक हुन् जसले निकै कम समयमा आफ्नो विशेष पहिचान बनाएका छन् । सारा फिल्मदेखि सोसल मिडिया, हरेक स्थानमा हिट छिन् र प्रशंसकका फेभरेट छिन् । सारा आफ्नो सोसल मिडियामा थुप्रै फनी भिडियो सेयर गर्छिन् र तीमध्ये एक हो – साराको नक–नक भिडियो जुन प्रशंसकले निकै रुचाउँछन् ।
भाइ इब्राहिम अली खान र इन्डष्ट्रिका सेलिब्रिटीसँग साराले केही नक नक भिडियो सेयर गरेकी छिन् । त्यसपछि उनलाई नक–नक क्वीन भन्न थालियो । यसबारे कुरा गर्दै साराले टाइम्स अफ इन्डियालाई दिएको अन्तरवार्तामा भनिन्, ‘मैले पाँचवटा नक–नक भिडियो के बनाएकी थिएँ, मलाई त नक–नक क्वीन भनेर पो बोलाउन थालियो । म धेरै कुरा ठट्टा गर्नका लागि भन्छु तर त्यसलाई भिन्न तरिकाले अर्थ्याइन्छ । म अब सतर्क र चिन्तित हुन्छ तर म कहिल्यै बेइमानी भने गर्दिनँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
-
भन्सार छलीका सामान बरामद
-
रास्पवा भक्तपुरमा बस्नेत निर्वाचित
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण