आशिर्वाद लिन सिटौला निवास पुगे महामन्त्री गगन थापा
नेपाली काँग्रेसका नवनिर्वाचित महामन्त्री गगन थापाले नेता कृष्णप्रसाद सिटौलासँग आशिर्वाद र बधाई लिएका छन् । मंगलबार मध्यान्ह आफ्नो निवास चण्डोल पुगेका थापालाई सिटौलाले टिका र खादा लगाइदिएका हुन् । पुस १ गते महामन्त्रीमा निर्वाचित भएका थापा पुस ६ गते सिटौलाको आर्शिवाद र बधाई लिन चण्डोल पुगेका थिए ।
१४ औं महाधिवेशनमा शेखर कोइराला प्यानलबाट महामन्त्रीमा विजयी भएका थापा १३ औं महाधिवेशनमा सिटौला प्यानलबाटै महामन्त्रीको उम्मेदवार भएका थिए । त्यतिबेला उनी महामन्त्रीमा पराजित भए । १४ औं महाधिवेशन सिटौला समूह छोडेर कोइराला समूहमा पुगेका थिए ।
थापाले साथ छोडेपछि सिटौलाले आफ्नो समूह शेरबहादुर देउवा समूहमा विलय गराएका थिए । थापालाई काउन्टर दिन सिटौलाले देउवा प्यानलबाट प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाएका थिए । तर पौडेल पराजित भए ।
सिटौलाले महाधिवेशनको उद्घाटन समारोहमा थापाले आफ्नो साथ छोडेको रोष प्रकट गर्दै प्रदीपलाई अगाडि बढाएको बताएका थिए । तर थापाले सर्वाधिक मत ल्याएर महामन्त्रीमा बाजी मारे । अधिकांश शीर्ष नेतालाई भेटेर मात्र थापा सिटौला निवास पुगेका थिए । १४ औं महाधिवेशनमा रणनीतिक रुपमा असफल भएका सिटौलालाई यसअघि अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि भेटेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ र भक्तपुरसहित छुट्टाछुट्टै स्थानमा दुर्घटना, चार जनाको मृत्यु
-
छत्तीसगढको बस्तरमा प्रहरीसँगको भिडन्तमा चार माओवादीको मृत्यु
-
अमेरिका र स्लोभाकिया पठाइदिन्छु भन्दै लाखौँ ठगी
-
मतदातालाई सुहाङले भने ‘मलाई मत दिएबापत तपाईँहरूले कहिल्यै पछुताउनुपर्ने छैन’
-
भारतबाट ल्याउँदै गरेको नक्कली नोटसहित दुई जना पक्राउ
-
दुई सय १६ किलो गाँजासहित दुई जना पक्राउ