आशिर्वाद लिन सिटौला निवास पुगे महामन्त्री गगन थापा
नेपाली काँग्रेसका नवनिर्वाचित महामन्त्री गगन थापाले नेता कृष्णप्रसाद सिटौलासँग आशिर्वाद र बधाई लिएका छन् । मंगलबार मध्यान्ह आफ्नो निवास चण्डोल पुगेका थापालाई सिटौलाले टिका र खादा लगाइदिएका हुन् । पुस १ गते महामन्त्रीमा निर्वाचित भएका थापा पुस ६ गते सिटौलाको आर्शिवाद र बधाई लिन चण्डोल पुगेका थिए ।
१४ औं महाधिवेशनमा शेखर कोइराला प्यानलबाट महामन्त्रीमा विजयी भएका थापा १३ औं महाधिवेशनमा सिटौला प्यानलबाटै महामन्त्रीको उम्मेदवार भएका थिए । त्यतिबेला उनी महामन्त्रीमा पराजित भए । १४ औं महाधिवेशन सिटौला समूह छोडेर कोइराला समूहमा पुगेका थिए ।
थापाले साथ छोडेपछि सिटौलाले आफ्नो समूह शेरबहादुर देउवा समूहमा विलय गराएका थिए । थापालाई काउन्टर दिन सिटौलाले देउवा प्यानलबाट प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाएका थिए । तर पौडेल पराजित भए ।
सिटौलाले महाधिवेशनको उद्घाटन समारोहमा थापाले आफ्नो साथ छोडेको रोष प्रकट गर्दै प्रदीपलाई अगाडि बढाएको बताएका थिए । तर थापाले सर्वाधिक मत ल्याएर महामन्त्रीमा बाजी मारे । अधिकांश शीर्ष नेतालाई भेटेर मात्र थापा सिटौला निवास पुगेका थिए । १४ औं महाधिवेशनमा रणनीतिक रुपमा असफल भएका सिटौलालाई यसअघि अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि भेटेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण