पत्रपत्रिका
पुसको अन्तिमदेखि बुस्टर डोज दिने तयारी
बिहीबार, ०८ पुस २०७८, ०६ : ३५
नेपाल कोभिड–१९ विरुद्धको बुस्टर डोज खोपका लागि विश्व स्वास्थ्य सङ्गठनको अनुमति पर्खिंदैछ । उक्त सङ्गठनले अनुमति दिएमा पुसको अन्तिमदेखि बुस्टर डोज दिन सुरु गरिने स्वास्थ्यमन्त्री विरोध खतिवडाले बताएका छन्। मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्री खतिवडाले सरकार बुस्टर डोजका लागि तयारी अवस्थामा रहेको जानकारी दिए ।
बुस्टर डोज सुरु गर्दा पहिलो चरणमा अग्रपङ्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी वृद्धवृद्धा, बालबालिका हुँदै विस्तारै सबै नागरिकलाई लगाइने उनले जानकारी दिए । सरकारले खोप लगाएदेखि अहिलेसम्म दुई करोड २२ लाख २८ हजार १७७ मात्रा खोप लगाइसकेको छ । विश्व स्वास्थ्य सङ्गठनले लक्षित समूहका ५० प्रतिशत नागरिकले पूर्ण मात्रा खोप लगाएपछि बुस्टर डोज खोप लगाउन सिफारिस गरेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस सरकारको बजेट खर्च ५६ प्रतिशत मात्र
-
सुकुमबासी राखिएको कीर्तिपुरको होल्डिङ सेन्टर जलमग्न (तस्बिरहरू)
-
कोशी सरकारको बजेट ७० प्रतिशत हाराहारी खर्च
-
दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई दिनुहुन्न यी ६ खानेकुरा
-
विश्वकपबाट बाहिरिएपछि कोलम्बियाका जामिन्टोन काम्पाजलाई ज्यान मार्ने धम्की
-
दिनहुँ १ मुठ्ठी मखाना खाँदा यी रोगबाट बच्न सकिन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण