मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

घुर सल्किएर आगलागी हुँदा ७ वटा चौपाया मरे

शुक्रबार, ०९ पुस २०७८, ०८ : ४७
शुक्रबार, ०९ पुस २०७८

रौतहटको आगलागीमा परी  ७ वटा चौपाया मरेका छन् । रौतहटको मौलापुर नगरक्षेत्र अन्तर्गत एउटा गोठमा भएको आगलागीमा परेर ७ वटा चौपाया मरेका हुन् । 

मौलापुर–३ बैधनाथ साह कानुको गोठमा गएराति २ बजे लामखुट्टे धपाउन बालिएको घुरबाट सल्किएर आगलागी भएको हो ।

आगलागीबाट गोठमा रहेको एउटा भैंसी, २ वटा पाडी, २ बाख्रा र २ वटा खसी जलेर मरेका छन् । आगलागीको कारण चौपाया, गोठ र गोठभित्र रहेको अन्न, लत्ताकपडा गरि ४ लाख बराबरको क्षति भएको पीडित बैधनाथ साह कानुले जानकारी दिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप